आर्थिक

रिलायन्सलाइफ इन्स्योरेन्सको प्राथमिक शेयर निष्काशनको लागि विक्रि प्रबन्धक नियुक्ति

काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्सले एक सय दरको ६३,००,००० कित्ता साधारण शेयर सर्वसाधारण लगानी कर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो क्रममा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्बन्धी थप जानकारीका लागी सानिमा क्यापिटलका मर्चेण्ट बैंकिङ्ग प्रमुख रश्मी रिजाल ४४२८९५६ Ext.:112 मा सम्पर्क गर्न सकिन ेछ ।