अन्तर्राष्ट्रिय

भारतीय काँग्रेसको संसदीय दलको नेतामा चौथो पटक पनि सोनिया निर्वाचित

नयाादिल्ली । भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकी छन् ।

शनिबार भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाउ उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले बताएका छन् ।

भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि गठन भएको नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने भएको छ ।

नयाँ सरकारको नयाँ केन्द्रीय बार्षिक बजेट भने सरकारले यही जुलाई ५ तारिखका दिन सार्वजनिक गर्ने संभावना रहेको छ ।

लोकसभामा काँग्रेसको ५२ जना सांसद रहेका छन् । गान्धीले संसद्मा उनीहरुको नेतृत्व गर्नु हुने भएको छ । उनी सन् २००४ देखि निरन्तर काँग्रेसको संसदीय दलको नेता छिन् ।