राजनीति

बिपी विचार समाजको महाधिवेशनः विपीको विचार विर्सिए राष्ट्रियता कमजोर हुन्छ

काठमाण्डौ । बिपी विचार राष्ट्रिय समाजको सातौँ महाधिवेशन काठमाडौँमा शुरु भएको छ । समाजका संस्थापक सभापति एवं नेपाली काङ्ग्रेसका नेता कुलबहादुर गुरूङले महाधिवेशनको उद्घाटन गरेका छन् । नेपाली काँग्रेसका पाका नेता समेत रहेका गुरुङले बिपीको राजनीतिक प्रस्तावलाई अस्वीकार गरेकै कारण राष्ट्रियता कमजोर भएको, प्रजातन्त्र सङ्कटमा पर्न लागेको बताए ।

काङ्ग्रेसलाई बिपी विचारको मार्गमा हिँड्न प्रेरित गर्ने उद्देश्यले नै समाज स्थापना भएको उनले बताए । पूर्वसभामुख एवं पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले देशको राजनीतिमा विदेशी हस्तक्षेप बढ्दै जाँदा राष्ट्रियता कमजोर भएको बताउदै बिपी विचारलाई स्थानीय तहसम्म पु¥याइनुपर्नेमा जोड दिए ।

समाजका सहअध्यक्ष गोविन्दराज जोशीले बिपीले विचार र आदर्शलाई महत्व दिने गरेकामा अहिलेको नेतृत्व विचार चिन्तनलाई छोडेर सत्ताको राजनीति मात्र गरेका कारण प्रजातन्त्र कमजोर भएको बताए । पार्टीलाई सिद्धान्त, आदर्श र मूल्यको राजनीतिमा प्रेरित गर्न बिपी विचारलाई जीवन्त बनाउनुपर्ने उनको भनाइ थियोे ।

पूर्वमन्त्री एवं काङ्ग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले पार्टीमा नीति, नारा र नेतृत्व खराब भएकाले कमजोर भएको उल्लेख गर्दै बिपी विचार र चिन्तनबमोजिम पार्टीको नीति, नारा र नेतृत्व परिवर्तन गर्न समाजको भूमिका महत्वपूर्ण हुने बताए ।

समाजका महासचिव विनयध्वज चन्दले प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा विचारको राजनीति मरेको, पार्टी व्यक्तिगत स्वार्थमा परिणत भएको बताए । समाजका संस्थापक एबम् नेपाली काँग्रेसका युवा नेता लोकेश ढकालले बिपी विचार र चिन्तनलाई संस्कार र जीवन पद्धति बनाउनुपर्नेमा जोड दिर्दै बिपी कोईरालाको विचारलाई आत्मासात गर्दै काँग्रेसले क्षमताका आधारमा कार्यकर्ताको मूल्याँकन गर्नुपर्नेमा चाकरी, चाप्लुसी र रुपैंया पैसाका पछाडि, गुटका पछाडि लागेकोमा चिन्ता ब्यक्त गरेका थिए ।

सभामा राजनीतिक विश्लेषक अरूणकुमार सुवेदीले काङ्ग्रेसको दिशा र दशा एवं बिपी विचारमाथि समीक्षा गरेका थिए । प्राडा वासुदेव खनालले बिपी विचारका बारेमा समाजको अवधारणापत्र प्रस्तुत गरेका थिए । कोषाध्यक्ष गीता रेग्मीले समाजको वार्षिक आयव्यय विवरणसहित लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । आइतबारसम्म चल्ने सभामा ७७ जिल्लाका ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

अधिवेशनमा सहभागी