राजनीति

पार्टी र जनता बिचको सबन्ध सुधारमा ध्यान पुर्याउन नसके काँग्रेस झनै कमजोर हुन्छः नेता सिंह

काठमाण्डौ । कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस रौतहट काठमाडौ सम्पर्क समिते आयोजना गरेको कार्यक्रममा बोल्दै अरुदलहरुले गर्न नसकेका एैतिहासिक दायीत्व पूरा गरे पनि जनताले किन बिश्वास गर्न सकेनन् भन्ने कुरा कांग्रेसका लागि महत्त्वपूर्ण चुनौतिको रुपमा रहेको बताएका छन्। पार्टी र जनता बिचको सबन्ध सुधारमा ध्यान पुर्याउन नसके काँग्रेस झनै कमजोर हुने भएकाले यसतर्फ गम्भीर बन्न पार्टी नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

पार्टीभित्र जनअपेकक्षा अनुरप सुधार ल्याउन नसके बर्तमान चुनौतिहरुको सामना गर्न नसकिने भन्दै बिधि बिधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दि आफु अनुकुलको निर्ण गर्दै अघि बढिरहेको अवस्था मा बिधानले भने अनुसार पार्टी संरचना संघीय स्वरुपमा लान नसक्दा कांग्रेस झन अलमलिएको बताएका छन् । नेता सिंहले देशभरका त्यही कारणले कार्यकर्ताहरुमा उत्शाह आउन नसकेको प्रति समेत चिन्ता ब्यक्त गरेका छन् ।

बर्तमान सरकार संघियता कमजोर पार्न उद्त रहेको कुरा सरकारले प्रस्तुत गरेको बजेटबाट पुष्टि भएको बताउदै सरकार पूर्ब महामन्त्री समेत रहेका नेता सिंहले प्रस्तुत गरेको बजेटमा संघियतालाई मजबुत गराउने खाले कुनै कुरा नआउनुले सरकारको नियत प्रष्ट भएको बताएका छन् । सरकारका गतिबिधि जनअपेकक्षा अनुरण हुन नसक्नु दुई तिहाईको दम्मले आफुले जे गरेनि हुनि जस्तो गरि प्रसतुत हुनु दुखद रहेको उनको भनाई थियो । सरकारलाई संविधानको ख्याल गर्न आग्रह गर्दै अझै पनि मुलुकका सामु धेरै चुनौति रहेकाले दम्भ र अहङ्कार त्यागेर सहमति र सहकार्य मार्फत प्राप्त उपलब्धिको रक्षा गर्न लाग्न समेत सुझाव दिएका छन् । कार्यक्रममा केन्द्रीय सदस्य अजय कु चौरेसिया, रौतहट जिल्ला सभापति कृष्ण यादब लगायतले आफ्नो धारणा राखेका थिए।