समाचार

ओली सरकारले जनतालाई दुःख दिन थालेको आरोपमा नेकपाका दर्जनौं कार्यकर्ता काङ्ग्रेस प्रवेश

‌तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले तनहुँको ऋषिङ्ग गाउँपालिका आयोजित नेपाली काङ्ग्रेसको जागरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताकार्यकर्तालाई नेपाली काङ्ग्रेसमा भित्र्याएका छन् ।

ऋषिङ्ग गाउँपालिका वडा नं७ तल्लोछाप निवासी नेकपा का नेता नरबाहादुर सिप्लाङ्गी, जुठे थापा, कृष्णबहादुर थापा, मानसिं थापा, नरबहादुर थापा, हरिबहादुर थापा, चित्रसिं थापा, होमबहादुर आलेसहित दर्जनौंलाई केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भित्र्याएका हुन् । काङ्ग्रेस प्रवेस गर्दै प्रवेशीले नेकपा भ्रष्टाचारमा रमाएको्, प्रदेश सरकारसमेत लाचार भएको जनतालाई दुख दिन थालेको भन्दै काङ्ग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई स्वागत गर्दै जोशीले अब सङ्गठनमा मिलेर गएर तनहुँ काङ्ग्रेसको नेतृत्वमा समुन्नत गण्डकी बनाउने अभियान होमिनु भने । उनले सबै कार्यकर्ता मिलेर सङ्गठन सुदृढीकरण गर्नुको विकल्प छैन भने । साथै नेता जोशीले सरकारले वितरणमुखी बजेट ल्याएर विकासनिर्माणलाई सुस्त बनाउन खोजेको बताए । जागरण कार्यक्रममा संविधान सभासदस्य पूर्व सभापति ध्रुव वाग्ले, तनहुँ काङ्ग्रेसको का।वा सभापति जीतप्रकाश आले संविधानसभा सदस्य झुलप्रसाद आले लगायतको उपस्थिति रहेको थियोे ।