कृषि

बाख्राको मासु बेच्नेलाई अब ५० हजार जरिवाना

नेपालगञ्ज । खसीको मासु भनेर ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित ‘बब्लु फ्रेस हाउस’का सञ्चालक सवानअली कुरेसीलाई कारवाही गरिएको हो ।

पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा शितलबाबु श्रेष्ठका अनुसार अनुगमनका त्रममा कुरेसीले खसीको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, उपमहानगरपालिका र प्रहरीसहितको टोलीले मासु पसलको अनुगमन गरेको हो । अनुगमन गर्न आएको थाहा पाएपछि अधिकांश मासु पसले पसल बन्द गरी भागेका थिए । सो क्रममा पसल दर्ता नगरी सञ्चालनमा आएका ६ मासु पसलमा ताला लगाइएको छ ।