आर्थिक

प्रभु बैंकको नयाँ शाखा अछामको साँफेबगरमा

काठमाडौँ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ मा शुक्रबारदेखि सञ्चालनमा आएको छ । साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले एक समारोहकाविच आज बैंकको साँफेबगर शाखा कार्यालय समुद्घाटन गरेका हुन् ।

बैंकको साँफेबगर शाखा कार्यालय उद्घाटन कार्यक्रममा अछाम जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधी,उद्योग वाणिज्य संंघ अछामका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीयव्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै आप्mनो गुणस्तरीय सेवाविस्तार गर्दै आएकोमा साँफेबगरमा समेत अजैदेखि बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको साँफेबगर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।