कर्णाली प्रदेश

नगरपालिकालाई भौतिक संरचना हस्तान्तरण

जाजरकोट । नेपाली सेनाको ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर, शौचालय र पानी धारा भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

शिघ्र प्रभाव परियोजनाअन्तर्गत नेपाली सेनाले भेरी नगरपालिका– ४ बिपी पाटीकामा निर्माण गरिएको संरचना भेरी नगरपालिकालाई आज हस्तान्तरण गरिएको हो ।

धार्मिक तथा पर्यटनको महत्वसमेत बोकेको यस ठाउँमा निर्माण गरिएका संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने विश्वास लिइएको छ । सेनाको दुई लाख र भेरी नगरपालिकाको रु एक लाख गरी कूल रु तीन लाखको लागतमा सो संरचना निर्माण गरिएको हो ।