मनोरञ्जन

छिन्नलता गीत पुरस्कार तथा सम्मान विभिन्न स्रष्टालाई

काठमाडौँ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा स्थापित विसं २०७५ को ‘छिन्नलता गीत पुरस्कार तथा सम्मान’ विभिन्न स्रष्टालाई अर्पण गरिने भएको छ ।

गीत रचनामा बुद्धवीर लामा, सङ्गीतमा बद्री खरेल र दुर्गा खरेल ९संयुक्त०, गायनमा यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुत र शान्ति परियार ९बोल माया बोल।।।० र छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

गीत, सङ्गीत, विशेष सम्मानको नगद राशि रु ५० हजार र युवा नवप्रतिभाको राशि रु ४० हजार सम्मानपत्रसहित रहेको छ । गुठीका अध्यक्ष प्रा वासुदेव त्रिपाठीको अध्यक्षतामा बिहीबार बसेको पुरस्कार छनोट तथा साधारणसभाले ती पुरस्कार तथा सम्मान ती स्रष्टालाई अर्पण गर्ने निर्णय गरेको गुठीका कोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

ती पुरस्कार गुठीका संस्थापिका तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथिमा आगामी असार २७ गते वितरण गरिने छ ।