समाचार

नेता जोशीद्वारा १० हजार सहयोगसहित कुुसुण्डालाई उच्चशिक्षा पढाउने लिए जिम्मा

काठमाण्डौ । अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारको बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले उच्च शिक्षा हाँशिल गर्न आर्थिक सहयोग गरे्का छन् । तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले रु दश हजार सहयोग गरेका हुन् । उक्त रकम नेता जोशीले आज घरमै पुगेर आमा इन्द्रमायालाई हस्तान्तरण गर्दै सीमान्तको उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि केही सहयोग गरेको बताए ।

उनले उनको उच्च शिक्षा अध्ययनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । “एसइईसम्म पढाउनका लागि सम्पूर्ण व्यवस्था भइसकेको रहेछ, उच्च शिक्षाको पढाइका लागि सम्पूर्ण जिम्मेवारी मैले लिन्छु’, उनले भने । सोही वडाको शतिश बोर्डिङ स्कूलमा ४ कक्षामा अध्ययनरत सीमान्तको स्वास्थ्य र पढाइका लागि आमाको चिन्ता पछि जोशीले मास्टर्स सम्म पढाउने जिम्मेवारी लिए ।सीमान्तको एसइईसम्मको पढाइ खर्च वडा नं १० ले लिने प्रतिबद्धता यसअघि नै वडाध्यक्ष तुलसीराम सापकोटाले जनाएका थिए, ‘उनले उहाँ नविन्द्रराज जोशीको इच्छा सम्पूर्ण शिक्षा गराउने थियो तर वडाले सो को जिम्मेवारी लिइसकेका कारण उहाँले उच्च शिक्षाको जिम्मेवारी लिनुभएको हो ।’ । त्यस्तै सम्बन्धित बोर्डिङले समेत सीमान्तको मासिक शुल्कमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ! जोशी सिमान्त कुसुण्डालाई छुट्ने बेला आफु तिम्लाई भेट्न आईरहन्छु राम्रोसँग पढ साथै आफ्नो स्वास्थ्यको हेरचाह गर्न भन्दै बिदा भएका थिए ।