राजनीति

पूर्वराजालाई रामवराण यादबलाई भन्दा बढी सुरक्षा दिनुहुन्नः नेता सिटौला

काठमाण्डौ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पुर्ब राजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रपति रामबरण यादबलाई भन्दा बढी सुरक्षा दिएकोमा आपत्ती जनाएका छन् । जन जननिर्बाचित र लोकतान्त्रीक गणतन्त्र संस्थागत हुने समयमा राजालाई पूर्वराष्ट्रपतिलाई भन्दा बढी सुबिधा दिन नहुने विचार व्यक्त गरेका छन् । एक अनलाईनसँग अन्तरवार्ता दिदै नेपाली काँग्रेसका पुर्वमहामन्त्री समेत रहेका नेता कृष्ण प्रसाद सिटौलाले ओली सरकारका कृयाकलापका कारण नेपाली जनता गणतन्त्रप्रति नै निरासाजनक हुन थालेको विचार व्यक्त गरेका छन् ।

शान्ती प्रकृयालाई निश्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका नेता सिटौलाले विप्लव माओबादी जंगल गएर राम्रो नगरेको भन्दै राजा ज्ञानेन्द्रलाई राजा हुन मन हुनु सामान्य भएपनि गलत भएको बताएका छन् । उनले उक्त कुराकानीमा राष्ट्रपति अधिकार नभएको संस्था भएकोले विवादमा ल्याउन नहुने विचार राखेका थिए ।