लुम्बिनी

बाँकेका एक हजार ८३२ ले रोजगार पाउने

नेपालगञ्ज । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५/७६ भित्र बेरोजगारी सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार उपलब्ध गराइने भनिएको छ ।

जिल्लाको बैजनाथ र राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका छन् ।

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२ बेरोजगार युवालाई रोजगारी दिने नेपालगञ्ज नगरउपप्रमुख उमा थापामगरले बताए । कार्यक्रमअन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा रु ४० करोड ६० लाख ससर्त अनुदानको व्यवस्था गरेको छ ।