अन्तर्राष्ट्रिय

अनुसन्धानको क्रममा डुङ्गा मालिक पक्राउ

गुइयाङ । चीनको दक्षिणपश्चिम प्रान्त गुइयाङमा गत मे २३ मा भएको एक डुङ्गा दुर्घटनाको छानबिनको क्रमका डुङ्गा मालिकलाई बिहीबार पक्राउ गरिएको छ । सो डुङ्गा दुर्घटनाको परी १३ व्यक्तिको मृत्यु भएको थियो । यस घटनाको प्रहरीले गरेको छानबिनको क्रममा मेङ युकाई नामक यी डुङ्गा मालिकले आफैले डुङ्गा चलाएका प्रमाणित भएको छ ।

झेनफेग काउन्टीको बेइपान नदीमा २९ व्यक्ति सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो । मेङ एक कृषक भएको उनी कृषि प्रयोजनाको लागि डुङ्गा प्रयोग गर्ने गरेका थिए । सो डुङ्गा दुर्घटनामा परेका १६ व्यक्तिलाई उद्धार गरिएको थियो । उद्धार गरिएका १६ व्यक्तिमा मेङ पनि रहेका समाचारमा जनाइएको छ ।