पु.समाचार

देउताको नाममा दुई वर्षीय बालकको बली, दोषी धामी पक्राउ

जनकपुरधााम । अन्धविश्वासमा शक्तिसाली धामी बन्ने शोचमा अधबैंसे वर्षीय वृद्धले बालकको बली चढाएका छन् । धनुषा मिथिला नगरपालिका–६ ढलकेबर घर भएका शम्भु शाहका २ वर्षीय बालकको २४ वैशाखमा हत्या भएको थियो ।

प्रहरीले तीन सातासम्म अनुसन्धान गरेर पछि ढलकेबरमै घर भएका शत्रुद्यन महतोको सङ्लग्नता पुष्टि भएको प्रहरीले बताएको छ । महतलाई एक थान धारिलो हतियार र घटना गर्ने बखत लगाएका गन्जी, गम्छा र धोतीसहित पक्राउ गरेको हो ।

बलक हत्या गर्ने महतोलाई धनुषा जिल्ला अदालतले ७ दिनको म्याद थप गरि कारबाही अगाडि बढाएको छ । मृतक बालकका परिवारले महतो विरुद्ध अपहरण गरी बन्धक राखी हत्या गरेको भनि कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् । महतोले अन्धविश्वासमा परी देवी देउताको नाममा हत्या गरेको प्रहरी अनुन्धानबाट खुलेको छ ।