लुम्बिनी

तीन विद्यालय समायोजना गर्दै तीन बस सञ्चालन

राजापुर । बर्दियाको मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले तीन स्कूल समायोजना गर्दै ती विद्यालयका विद्यार्थीको सहजताका लागि तीन स्कूलबस सञ्चालनमा ल्याएको छ ।

किसान प्राथमिक विद्यालय माचढ, दीपेन्द्र प्राथमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढोढरीलाई नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले आपूmमा समायोजना गरेको हो । वरपरका विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय समायोजना गरेपछि ती विद्यालयमा अध्ययनरत प्राथमिक तहका बालबालिकालाई असहज हुँदा दुई बस आफैँले खरीद गरी र एक भाडामा ल्याएको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताP ।

नमूना विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म पूर्ण अङ्ग्रेजी माध्यम र ६ देखि ९ कक्षासम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ । गुणस्तरीय शिक्षा भएका कारण यस विद्यालयमा टाढाटाढादेखि पनि बालबालिका पढ्न आउने गर्दछन् । लामो दूरीका बालबालिकालाई स्कूल बस सञ्चालनपश्चात् पढ्न आउन सहज भएको र अति विपन्न, असहाय र जेहेन्दार विद्यार्थीका लागि छात्रावासको व्यवस्थासमेत रहेको विद्यालयका मावि इन्चार्ज जीवन खत्रीले बताP ।

साथै अतिरिक्त समयलाई कृषि उत्पादनमा लगाउँदै पढ्दै सिक्दै कमाउँदै भन्ने अभियानका साथ स्वेच्छिकरूपमा काम गरेवापत प्रतिघण्टा रु ७५ रुपैयाँका दरले पारिश्रमिक दिने प्रअ पोखरेलले बताP । हाल मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाबाट विद्यालयमा अध्ययन गर्न बालबालिका आउने गर्दछन् ।