शिक्षा

मदन भण्डारी विश्वविद्यालयका लागि रु एक अर्ब

काठमाण्डौ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि स्थापना गर्नका लागि रु एक अर्ब १० करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ का बुधबार प्रस्तुत बजेटमा अर्थमन्त्री डा युवराज खतिवडाले विज्ञान तथा प्रविधिको विकासविना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव नरहेको बताए ।

पारमाणविक, रेडियोधर्मी र विकीरणको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगका लागि पारमाणविक अनुसन्धान केन्द्र स्थापना कार्यअघि बढाइने भएको छ । अन्तरिक्षसम्बन्धी अध्ययन अनुसन्धानका लागि आन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको कार्य अगाडि बढाइने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
बायोलोजिकल सेरोलोजिकल र अपराध अनुसन्धानलाई सहज बनाउन हाल सङ्घीय तहमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई केन्द्रीय अनुसन्धानात्मक निकायका रुपमा विकास गरी विज्ञान प्रयोगशालालाई केन्द्रीय अनुसन्धानात्मक निकायका रुपमा विकास गरिने भएको छ । हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने भएको छ ।