समाचार

१६ जनामाथि जिउँदै जलाएको आरोप, जहाँ भयो १९ वर्षिया युवती हत्या

काडमाडौँ । बङ्गलादेश जुन यस्तो देश हो, जहाँ कानून माथि उठेर कहिँ कसैले हात उठाउन सक्दैन, यस्तै कानूनको जरुरी छ, जुनजस प्रति सो देशमा यौन क्रियाकलापको उजुरी भएको ६ दिन पछि १९ वर्षिया युवती नुसरत जहाँ रफिको हत्या भएको थियो ।

उनलाई इस्लामिक मदरसे विद्यालयको छतमा मट्टितेल छर्किएर जलाइएको थियो । शरीरको ८० प्रतिशत भाग जलेकी युवतीको गत अप्रिलमा मृत्यु भयो, मृत्युहुनु अगाडि प्रहरीसमक्ष बयान दएकी थिईन् । हत्यामा संलग्न १६ जना व्यक्तिमाथि आरोप लागेको छ । विद्यालय प्रधानाध्यापक सिराज उड दउला यी युवतीको हत्यामा संलग्न रहेको पाइएको छ । प्रधानाध्यपलाई युवतीले गत मार्चमा उजुरी गरेपछि पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार प्रधानाध्यापकले यी यवतीलाई धम्की दिँदै उजुरी फिर्ता नगरे हत्या गर्ने आदेश दिएको र प्रधानाध्याकले आदालतमै हत्याको आदेश दिएको बाताएका थिए । युवती हत्याको तयारी सेनाको मिलिमत्तोमा भएको हत्या आरोपीहरुले वयान गरेका छन् । युवती हत्याको विषय प्रति अहिले बङ्गला देशमा विरोध प्रर्दशन भएसाथ यौन क्रियाकलाप प्रतिका कमजोरीलाई प्रस्ट पारेको पाइएको छ । गत अप्रिल ६ मा युवती अन्तिम दिन परीक्षा दिनको लागि कक्षामा बसेकी थिईन् त्यही समय पारी मुख छोपेर आएका एक समुहले जबरजस्ति छतमा लगेको र आत्महत्या गरेको भनि योजना बनाउने उनीहरुको सोच रहेको थियो ।

यो हत्याको बारेमा प्रहरीले राजधानीबाट १ सय किलेमिटर बाहिर छोटो शहर फेरीमा १६ आरोपितविरुद्ध हत्याको आरोप लगाएको छ । हत्याको आरोप लाग्नेहरुमा छात्र र विद्यालयको प्रमुख पद अवामी पार्टीका दुई जना स्थानीय नेता पनि संलग्न छन् । आरोपितमध्ये १२ जनाले युवतीले दिएको बयान स्वीकारेका छन् तर सो हत्यामा दुई स्थानिय नेताले भने आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । जाँचकर्ताहरुले सबै आरोपीहरुलाई मृत्युदण्डको सजाए आह्वान गरेका छन् ।

सो युवतीको हत्यलाई लिएर बङ्गलादेशी प्रधानमन्त्री शेख हसीनाले सो हत्याको संलग्नमा मुछिने कसैलाई पनि नछोडिने र सबै व्यक्तिलाई न्याय दिलाएरै छाड्ने प्रतिज्ञा गरेकी छन् ।

घटना के थियो ?

रफिले गत मार्च २७ मा मदरसे विद्यालयका प्रधानाध्यापकले आफ्नो कार्यालयमा बोलाई पटक पटक व्यक्तिगत शरीरमाथि छोएको आरोप लगाएकी थिईन् उनी त्यस्तो समयमा भागेर आफूलाई सुक्षित गरेकी थिईन् । यस्तो घटना भए लगत्तै उनी परिवारसँग प्रहरी कार्यालयमा बयान दिईन् । सो कार्यालयमा उनलाई यस्तो घटना कुनै ठूलो कुरा नभएको भन्दै प्रहरी अधिकारीले प्रभावमा पारेर बयान दिन लगाइएको भिडियो सार्वजनिक भएको थियो । त्यसै वखतमा प्रहरी अधिकारीले अवैध रुपमा बयान दर्ता गरी अनलाईन शेयर गरेको आरोप लागेको थियो ।

घटनाको बयान पछि प्रधानाध्यापकलाई पक्राउ गरे लगत्तै स्थानीयहरुले उनको रिहाइका लागि प्रदर्शनमा उत्रिएका थिए । पुलिस जाचँ ब्युरो (पीबीआई)का प्रमुख बनज कुमार मजुमदारका अनुसार प्रधानाध्यापकले जेलबाटै आफ्ना सहयोगीलाई भनि सो उजुरी फिर्ता नगरे युवतीको हत्या गर्ने भनि परिवारलाई धम्की दिएका थिए । आरोपीहरुले मट्टितेल साथै मुख छोप्ने वस्तु प्रयोग गरेको र हत्याको दिन ६ अप्रिलमा बाँडेको पीबीआई प्रमुख मजुमदारको भनाई छ । पीबीआई प्रमुखले यस्तो घटना घटाउनुमा केही विद्यार्थीहरुले केवल छात्रहरुलाई मात्र विद्यालयभित्र जान दिनका लागि गेटमा सुरक्षा दिएको बताए । हरेक विधीबाट प्रक्रिया मिलाएर यी युवतीमाथि आक्रमण गरिएको पाइएको छ ।

युवतीले दिएको बयान अनुसार, उनलाई एक महिलाको छात्रको सहयोगमा छतसम्म पुर्‍याएको र त्यहाँ लगेर मुद्दा फिर्ता लिन, खाली कागजमा हस्ताक्षर गर्न दबाव दिइएको थियो । उनले फिर्ता नलिने भनिरहदाँ यहिँ समयमै मट्टितेल छर्किएर जलाईएको थियो । उनले आफ्नै भाइको मुबाइलमा आफूमाथि आक्रमण गर्ने केही व्यक्ति रहेको बयान दिएकी थिईन् “शिक्षकले मलाई छोएका हुन् र म यो कुरा अन्तिम साससम्म भनिरहनेछु” । एउटा भिडियोमा ती युवतीले भनेको आवाज सुन्न सकिन्छ । उनी एम्बुलेन्समा डरका कारण बच्न सकिनन् । एजेन्सी…