राजनीति

बजेटमा नयाँ कुरा केहि छैन, भएका कुरा सरकारले पुरा गर्न सक्दैनः सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा प्रश्तुत गरेको बजेट कानर्यन्वयन हुन नसक्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सभापति देउवाले बजेट सुनेर बाहिर निस्कदा पत्रकारहरुसँग छोटो प्रतिकृया दिँदै सरकारले के के न गर्छु भनेर ल्याएको बजेट कार्यन्वयन हुनै नसक्ने ठोकुवा गरेका हुन् ।
सभापति देउवाले बजेट वितरणमुखी र पुरानै ढाँचाको भएको बताउँदै कार्यान्वयन गर्न सक्ने कुनै आधार नदेखिएको दाबी गरेका छन् ।