पु.समाचार

सरकार प्रेसमाथि अङ्कुश लगाउनु असम्भबः नेता जोशी

दमौली । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री नविन्द्रराज जोशीले सरकार प्रेसमाथि अङ्कुश लगाउन तत्पर रहेको भन्दै प्रशमाथीको अंकुश असम्भब भएको दाबी गरेका छन् ।

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले काङ्ग्रेसकै अग्रसरमा आएको गणतन्त्रलाई समेत धरापमा पार्ने गरि यो सरकार अघि बढेको बताए । उनले समयमानै पार्टीको महाधिवेशन सम्पन्न गरेर आमकार्यकर्तामा उत्साह थप्नु पर्नेमा जोड दिए ।

काङ्ग्रेस पुनर्जागरणको एउटा सूत्र महाधिवेशन हो भन्दै उनले महाधिवेशनबाट आपसी एकता अझ मज्बुत हुनेमा जोड दिए । नेता जोशीले भ्रष्टाचारका विरुद्धमा गाउँ गाउँमा कार्यक्रम गरेर अघि बढ्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले सर्वसाधारणलाई समेत जागरुक बनाएर सार्वजनिक सम्पत्ति संरक्षण लाग्न समेत आग्रह गरे ।