समाचार

गणतन्त्रका अवशरमा आयोजना गर्न लागिएको काँग्रेसको दीप प्रज्वलन कार्यक्रम स्थगीत

काठमाण्डौ । नेपाली काँग्रेसको नीति तथा कार्यक्रम प्रतिष्ठानद्वारा गणतन्त्र दिवशको अवशरमा अहिले साँझ शान्तीबाटीकामा आयोजना गर्न तयार गरिएको दीप प्रज्वलन कार्यक्रम स्थगीत भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुसोत्तम दहालले प्रतिकुल मौसमका कारण उक्त दीप प्रज्वलन स्थगीत गर्नुपरेको विज्ञप्तीमार्फत जनाएका छन् । बुधबार बिहान मात्र शान्तीबाटिबाट जमल हुंदै प्रभातफेरी र शान्तीबाटीकामा नै कोण सभाको आयोजना गरिएको थियो ।
प्रभातफेरीमा उपस्थिति नभएपनि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय निति तथा प्रशिक्षण पतिष्ठानको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले संबोधन गरेका थिए । काठमाण्डौमा मुसलधारे पानी परेका कारण उक्त कार्यक्रम रोकिएको हो ।