आर्थिक

ज्योति विकास बैंकको नयाँँ शाखा पोखराको तालचोकमा, साथै एकै दिन सात स्थानबाट एटिएम संचालन

काठमाडौँ । ज्योति विकास बैंकले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बिच ज्येष्ठ १५ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

आजकै दिन बैंकले कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगंज गरी ७ स्थानमा समेत नयाँ एटिएम सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले ९७ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ३२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने आगामी वर्षमा थप ४ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै बैंकले यस आर्थिक बर्ष भित्रनै अन्य थप १५ स्थानबाट समेत ATM सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ३२ हजारभन्दा बढि खाताबाट रु. २७ अर्बभन्दा बढि निक्षेप संकलन गरी १९ हजारभन्दा बढि ऋणी मार्फत रु. २४.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । यस बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेर चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैक बन्न सफल भएको छ ।