आर्थिक

नेपालमै पहिलो पटक खुलामूखी सामूहिकलगानी कोष योजना जेष्ठ १९ गतेबाट निष्काशन हुंदै

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व भएको मर्चेन्ट बैंकिङ व्यवसायीमा अग्रणी स्थानमा रहेको एनआईबिएल एस क्यापिटलले नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड”नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउन लागेको छ ।

नेपाल धितो पत्र बोर्डबाट सामूहिक लगानी कोष नियमा वली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपाल मै पहिलो पटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक रहेको छ भने योजना ब्यबस्थापकमा एनआईबिएलएस क्यापिटल रहेको छ ।

यस खुलामूखी योजना बमोजिम जम्मा ५० करोड रुपैयां बरावरको ५ करोड इकाईको लागी नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा १२ करोड ५० लाख रुपैयां बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणमा जारी गरिने तथा बीज पूंजीको रुपमा रकम ७ करोड ५० लाख रुपैयां बराबरको ७५ लाखइकाई नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईबिएल एस क्यापिटलले खरिद गर्ने छ ।

यस खुलामुखी योजनको लागि आवेदकले आवेदनगर्दा न्यूनतम् १०० र बढिमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई १० रुपैयाका दरले भुक्तानी गरी आवेदन दिन सक्ने छन् । आवेदन दिनका लागि नेपाल राज्यभरको सम्पूर्ण ७७ जिल्लामा फैलिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएसीको मेरो शेयरबाट समेत दिन सकिने छ । यस खुलामुखी योजनको बिक्री खुल्ला यहि जेष्ठ १९ देखि गरिने योजना ब्यबस्थापक एन आईबिएल एस क्यापिटलले जानकारी गराएको छ ।

यस योजनाले नेपाल स्टक एक्सजेञ्जमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ,जुन लगानीको व्यवस्थापन एनआईबिएल एस क्यापिटलबाट हुने छ । हाल जारी भएका इकाईहरु बांडफांट भएका तिन महिना पछि मात्र खरिद बिक्रीका लागि खुल्ला हुनेछ । यसरी योजनाको इकाई खरिद÷बिक्रीे एनआईबिएल एस क्यापिटलको कार्यालयहरु, नेपाल इन्भेष्टमेण्ट बैंकका तोकिएका शाखा कार्यालय तथा अन्य तोकिएको वितरण केन्द्रबाट गर्न सकिने छ ।