आर्थिक

प्रभु बैंकको नयाँ शाखा कार्यालय कञ्चनपुरको पुनर्वासमा

काठमाडौँ । प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बुधबारदेखि कञ्चनपुर जिल्ला पुनर्वास न.पा. वडा नं.३ स्थित पुनर्वासमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको पुनर्वास न.पा.कानगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका थिए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि,स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी पुनर्वास न.पा.कानगर प्रमुख जीवन राज थापा लउद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथाआम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताए ।

यो शाखा समेत गरी बैकले १७९ वटा शाखा, १४५ वटा ब्त्ः र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्नाग्राहकहरुलाई सेवाप्रदानगर्दैै आएको छ । आजदेखि सञ्चालनमाआएको बैंकको पुनर्वास शाखाकार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।