खेलकुद

विश्वकपमा भारत सबैभन्दा बलियो, उपाधी जित्नेमा कप्तान ढुक्क १ यस्तो छ: भारतिय टिमको चिरफार

काठमाडौं । क्रिकेटको महाकुम्भ मेला अर्थात् विश्वकप क्रिकेटको १२ औं संस्करण आगामी मे ३० देखि १४ जूनसम्म ईंग्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ । प्रतियोगितामा भाग लिने सबै देशले आफ्नो टिम घोषणा गरिसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले प्रत्येक चार वर्षमा विश्वकप क्रिकेट आयोजना गर्छ । अहिलेको प्रावधान अनुसार एक दिवसीय वरियताका शीर्ष ८ स्थानमा रहेका देशले सोझै विश्वकप खेल्न पाउँछन् भने थप दुई देशले क्वालि फायरमार्फत ।

सन् २००७ मा १६ देशले विश्वकप खेलेको अहिले खुम्च्याएर १० वटामा झारिएको हो । यसबाट नेपाल जस्ता उदीयमान क्रिकेट राष्ट्रहरु विश्वकपबाट वञ्चित हुने अवस्था आएको छ । यहाँ भारतीय १५ सदस्यीय टोलीबारे चर्चा गरिएको छ । यद्यपी भारतीय क्रिकेट बोर्डले एकसाता अघि टोली फेरबदल हुनसक्ने पनि बताएको छ ।

१. भारतः बलियो पक्षः टिम सन्तुलन र कोहली । कमजोर पक्षः मध्यक्रमको ब्याटिङ

यसपाली विश्वकप उपाधिको लागि सबैभन्दा आतुर भएर बसेको राष्ट्र हो भारत । त्यसो त भारतले हरेक विश्वकपमा आफूलाई प्रबल दावेदार नै सम्झिने गर्छ । तर, यसपाली चाहिँ भारतीय टिम अरुभन्दा सन्तुलित र स्थिर देखिएको छ । भारतीय टिम परम्परागतरुपमा ब्याटिङमा निर्भर रहन्थ्यो । यसपाली भने उसको बलिङ पनि उत्तिकै धारिलो र विविधतापूर्ण छ । त्यसैगरी भारतीय टिमको फिल्डिङमा पनि आमूल सुधार आएको छ ।

ब्याटिङको कुरा गर्दा शिर्ष ३ ब्याट्सम्यानहरुमा भारत बढी निर्भर देखिन्छ । शिखर धवन र रोहित शर्माको अनुभवि ओपनिङ जोडीले धेरैपटक उत्कृष्ट सुरुवात दिलाएका छन् । रोहित शर्माको नाममा तीनवटा एकदिवसीय दोहोरो शतकका साथै एक दिवसीयमा सर्वाधिक रनको विश्व किर्तिमान समेत छ । यसैगरी बायाँ हाते ओपनर शिखर धवन पनि उत्कृष्ट लयमा छन् ।

यद्यपि, भारतको ब्याटिङ पिल्लर भने तेस्रो नम्बरमा खेल्ने कप्तान बिराट कोहली हुन् । उनी अहिले विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यान मानिन्छन् । शतकमाथि शतक हानिरहेका कोहलीलाई आउट गर्न कुनै पनि बलरलाई फलामको च्यूरा हुने गर्छ । भारतको मध्यक्रम र तल्लो मध्येक्रम भने त्यति धेरै भरपर्दो देखिएको छैन । केदार जाधव, विजय शंकर, हार्दिक पाण्ड्या जस्ता ब्याट्सम्यानहरु प्रतिभाशाली भए पनि त्यति केदार जाधव, विजय शंकर, हार्दिक पाण्ड्या जस्ता ब्याट्सम्यानहरु प्रतिभाशाली भए पनि त्यति अनुभव भने देखिएको छैन ।