खेलकुद

महिला गोल्ड कप प्रतियोगिता आगामी मङ्सिर ५ गतेदेखि शुरु

धनगढी । शैलेश्वरी स्पोर्टस् क्लब धनगढीले ‘अपी–साइपाल महिला गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता आगामी मङ्सिर ५ देखि १४ गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशको टोली सहभागी हुने आयोजक क्लबका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए। करीब रु ८२ लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताको विजेतालाई रु पाँच लाख तथा उप–विजेतालाई रु दुई लाख ५१ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।