समाचार

जिल्ला न्यायाधीश आत्रेयलाई पद मुक्त गर्न सिफारिस

काठमाण्डौ । न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश विश्वमङ्गल आत्रेयलाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्को आज बसेको बैठकले न्यायाधीश आत्रेयलाई कार्यक्षमताको अभावमा पदमुक्तका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सूचना अधिकारी टेकनाथ गौतमले जानकारी दिनुभयो । उहाँ ललितपुर जिल्ला अदालतका न्यायाधीश हुनुहुन्थ्यो भने हाल परिषद्मा अध्ययनका लागि काजमा हुनुहुन्थ्यो ।

बैठकले अर्का जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको छ । उहाँको शैशिक प्रमाणपत्र विवाद आएपछि तनहुँ जिल्ला अदालतबाट परिषद्मा काजमा हुनुहुन्थ्यो । अर्का जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई सफाइको मौका दिने निर्णय गरेको छ । उहाँ काठमाडौँ अदालतबाट परिषद्मा अध्ययनका लागि तानिनुभएको थियो ।