आर्थिक

शेयर बजारः झिनो अङ्कले वृद्धि

काठमाण्डौ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक २.५३ बिन्दुले बढेर एक हजार ३०५.४९ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२ बिन्दुले बढेर २७७.८१ अङ्कमा पुगेको छ ।

स्टकका अनुसार कूल १६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर रु ७५ करोड ६८ लाख ९१ हजार ६१३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल १६.११, निर्जीवन बीमा ३३.४७, अन्य १.३५, लघुवित्त ०.६८, जीवन बीमा ३.२८ अङ्कले घटेको छ । यस्तै बैंकिङ १.७९, विकास बैंक १७.७६, जलविद्युत् १।६१, वित्त ३.३४, उत्पादन ७६.९४ र सामूहिक लगानी कोष ०.१७ बिन्दुले बढेको छ ।

कारोवारको आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड ४४ लाख चार हजार ८३, प्रभु बैंकको रु १६ करोड १६ लाख ६७ हजार ७९, नेपाल बैंक रु पाँच करोड ९८ लाख ७६ हजार ११२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड आठ लाख २० हजार १३१ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज ज्योति विकास बैंकका शेयरधनीले १० प्रतिशतले कमाए । त्यस्तै रिलायन्स फाइनान्स ९.९२, शिवम् सिमेन्ट ९.८६, स्पर्श लघुवित्त वित्तीय संस्था ९.८३ र कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले ७।९५ प्रतिशतले कमाए । त्यस्तै गुमाउनेमा माउण्टेन हाइड्रोपावर ६।६६, जोशी हाइड्रोपावर ६।३०, हिमालयन डिस्टिलरी ५, सिभिल लघुवित्त वित्तीय संस्था ४.४१ र दिव्यश्वेरी हाइड्रोपावरका शेयरधनीले ४.३४ प्रतिशतले गुमाए ।