आर्थिक

सानिमा बैंकले ल्यायो बचत खातामा ६ घातक रोगको बीमा

कठमाडौँ । सानिमा बैंकले अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा नँया तथा पुराना बचत खाताका ग्राहक वर्गका लागि बीमा योजना ल्याएको छ । यस योजना अन्तर्गत ६ घातक रोगको रक्षावरण सहितको ३ लाख रुपैया बीमा तथा २५०००/ को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।

यस योजना अन्तर्गत नँया ग्राहकले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ भने पुराना ग्राहकले बंैकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गरि बीमा योजनाको आवेदन दिन सक्ने छन् । बैंकले आफ्ना ग्राहकका लागि उपयुक्त हुने बिभिन्न योजना समयानुकुल रुपमा प्रदान गर्दै आइ रहेको छ ।

बीमा सम्बन्धी थप जनकारीको लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् । वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गर्न सक्ने छन् । सानिमा बैंकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७३ वटा ए.टि.एम रहेको छ ।