मनोरञ्जन

चर्चित गायक शिरिषको नयाँ बोलको गीत “छोरो अमेरिका छ” सार्वजनिक (भिडियो सहित)

पाल्पा । लोक तथा दोहोरी क्षेत्रमा नयाँ गीत बजारमा आएको छ । सामाजिक विषय बस्तु र यथार्थलाई टपक्कै टिपेर लोक गायक शिरिष देवकोटाले “छोरो अमेरिका छ” बोलको गीत बजारमा ल्याएका हुन् । उक्त गीतको आइतवार श्रम, रोजगार तथा सुरक्षा मन्त्री गोकर्ण बिस्टको प्रमुख आतिथ्यतामा बिमोचन गरिएको छ ।

कार्यक्रममा बरिष्ठ अभिनेता निर शाहले नेपाली लोक तथा दोहोरी गीत र यस भित्रको नालीबेलीको बिषयमा बोल्दै गाउन नआएता पनि आफुलाई लोक दोहोरी गीत सुन्न थालेपछि दिनरात बितेको पत्तो नहुने बताए । उनले यस गीतको पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका छन् । निर शाह लगाएत थुप्रै कलाकारहरुले यस गीतले सामाजिक यथार्थता बोलेकोले पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका छन् ।

गीतमा शिरिष देवकोटा र सम्झना भण्डारीको सुमधुर स्वर रहेको छ । गीतमा लय गायक स्वयम् शिरिष देवकोटा स्वयम्ले भरेका हुन् । गीतको म्युजिक भिडियोमा बरिष्ट अभिनेता निर शाह, हिउवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ, रमेशबाबु थापा, प्रतिक जंग ठकुरी, एलिना ठकुरी, नवराज भण्डारी, अस्मिता भण्डारी, सुबाश शर्मा। ममता गुरुङ, रोशन भुसाल, अबिगेल गुरुङ, कमला गुरुङ, कृष्ण प्रसाद ढुंगाना र गोमा न्यौपानेको जिबन्त अभिनय रहेको छ ।

मालश्री रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजक विनोद बाजुरालीको रहेको छ । गीतलाई पृथ्वी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ । सोही अवसरमा मन्त्री विष्टले पछिल्लो पटक अध्ययनको शिलशिलामा युवाहरु विदेशीदै गरेको सन्दर्भमा ‘छोरो अमेरिका छ’ गीतले युवाहरुलाई नयाँ ढंगले सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

गायक देवकोटाले ‘छोरो अमेरिका छ’ गीतले विदेशमा रहेका युवाहरुको व्यस्त जीवनशैलीले विर्साउँदै गएको संस्कार, संस्कृति र अपनत्व, भौतिक सुखको दलदलमा भासिँदै गर्दा जीवनको अन्तिम क्षणमा पनि आफ्नै सन्तानलाई आँखै अगाडी हेरेर मर्ने अतृप्त धोको बोकेर बसेका आमा बाबुको कारुणिक रोदनलाई समावेश गरेको बताए । देवकोटाले यसअघि ‘यो दाइ फेरि आउँदैन’, ‘नजरैको भर’, ‘माया लाउन मिल्छ र’ र ‘दुर्गा होऊ कि भवानी’ जस्ता दर्जनौँ चर्चित रोइला गीत बजारमा ल्याएका छन् । गायक देवकोटा रोइलाको हिरोको रुपमा पनि परिचित छन् ।