अन्तर्राष्ट्रिय

सैन्य कारबाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिए

काबुल । अफगानिस्तानको दुई ओटा छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारबाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलका कमाण्डरले जानकारी दिएका छन् । अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा मङ्गलबार सबेरै गरेको कारबाहीमा परी सो नेटवर्क १४ जना लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।

हक्कानी नेटवर्क पनि तालिबान लडाकू सञ्जालको नै एक समूह हो । जारी विज्ञप्तिका अनुसार यस नेटवर्कका एक प्रान्तीय कमाण्डरसहित १० सदस्य पक्राउ परेका छन् । यस कारबाहीको क्रममा विशेष सुरक्षा बलले हातहतियार र गोला बारुदसमेत बरामद गरेको बताइएको छ । यस कारबाहीको हक्कानी नेटवर्क लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।