राजनीति

जनताका काम गर्नुभन्दा ओली सरकार भ्रष्टाचारमा व्यस्त भयोः अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले ओली सरकारका कारण देशमा हत्या, हिँसा, बलात्कार बढेको बताएका छन् । नेपाल तरुण दल काठमाण्डौ जिल्ला समितिले पर्यटकीय नगरी ठमेलमा गरेको काँग्रेसको जागरण अभियानमा बोल्दै ओली सरकार जनताका आधारभूत आवश्यक्ता पूर्ति गर्नभन्दा भ्रष्टाचारमा ब्यस्त भएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत गरिएको उक्त मंगलबारको कार्यक्रममा बोल्दै निर्मला पन्तका हत्यारा तपाईको वरिपरि हुनसक्छन् भनेर गृहमन्त्री रामबहादुर थापालाई सोध्दा आफूहरुलाई उत्तर नदिएकोमा दुःख लागेको बताएका छन् । अध्यक्ष बस्नेतले देशमा मिडिया बिधेयक पास गर्दै बिस्तारै तानासाही शासन ल्याउने दिशामा ओली सरकार लागेको दाबी गरेका छन् । साथै नेता कार्यकर्ताहरुले गुटबन्दी त्यागी, पदलाईमात्र प्राथमिकता नदिई काँग्रेस बलियो बनाउने दिशामा लाग्ने समय आएको बताएका छन् । अध्यक्ष बस्नेतले आक्रोशित हुंदै नेकपा महासचिव बिष्णु पौडेलको वालुवजाटारको जग्गा ओली सरकारले पचाएको समेत दाबी गरेका थिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष उत्तम चापागाई, कोषध्यक्ष विद्वान गुरुङ, तरुण दलका काठमाण्डौ जिल्ला अध्यक्ष कृष्णजी खड्का लगायतका वाक्तहरुले काँग्रेस जागरण अभियान र पार्टीले खेल्नुपर्ने भूमिकाका बिषयमा बालेका थिए ।