आर्थिक

कञ्चनपुरको शुक्लाफाँटामा प्रभु बैंकको साखा

काठमाण्डौ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्गपहुँच पुर्याउने क्रममा प्रभु बैंकले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा आजैदेखि प्रभु बैंकको झलारी शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकको झलारी शाखाकार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरबाट एक समारोहकाविच बैंकको झलारी शाखाकार्यालय समुद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुखअतिथी शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै यस झलारीशाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमाप्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गर्ने अवसर मिलेको भएको बताए ।

आजदेखि सञ्चालनमाआएको बैंकको झलारी शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्छ भन्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।