समाचार

वालुवाटार जग्गा हडप्ने नेकपा महासचिव पौडेल भ्रष्टाचारी भएको भन्दै काँग्रेसले बाँड्यो पर्चा

बुटबल । नेकपाका महासचिव विष्णु पौडेललाई भ्रष्टाचारीको संज्ञा दिईएको छ । महासचिव पौडेलको गृहनगर बुटबलमा नेपाली काँग्रेस नगर समितिले वालुवाटार ललीता निवासमा ८ आना जग्गा विवादमा परेका पौडेललाई भ्रष्टाचारी भन्दै पर्चा समेत छाडेको छ ।

नेपाली काँग्रेस बुटबल नगर सभापति खेलराज पाण्डेकाने नेतृत्वको काँग्रेसले एक कार्यक्रममा बुटबल आएका नेता पौडेललाई मतदान गरेर प्रायश्चित भएको समेत देखिने पर्चा छाडिएको दाबी गरेका छन् । पुर्ब मन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका निकट रहेका पौडेललाई कारबाही गर्नुपर्ने माग समेत स्थानीय काँग्रेसजनको छ ।

महासचिव पौडेलले भने आफूले गलत काम कहिल्यै नगर्ने र गरेको प्रमाणित भए मर्न समेत तयार रहेको बताईसकेका छन् । बालुवाटार जग्गा बिबाद अहिनेसम्म साम्य भएको भने छैन ।

पर्चा