समाचार

विप्लव बन्दः देशभर बिभिन्न ठाउँमा बम फेला, कतै आगजनी कतै विष्फोट, जनजीवन आतंकित

काठमाण्डौ । आइतबार काठमाण्डौको सुकेधारा, अनामनगर, र चन्द्रागिरीमा बम बिष्पोट भएर ४ जनाको ज्यान गएको भोलिपल्ट सोमबार भक्तपुर, मकवानपुर, पोखरा लगायतका स्थानमा बम फेला परेको छ । भक्तपुरमा आज बिहान फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्किृय पारेको छ ।

नेत्र बिक्रम चन्द्र नेतृत्वको नेकपाले आइतबारबाट शान्तीपूर्ण रुपमा चलिरहेको जनजिवनलाई पुनः आतंकित बनाएको छ । मकवानपुर, सुर्खेत लगायतका स्थानमा आगजनी समेत गरेका छन् । राजधानीका १० ठाँउमा बम विष्पोट गराउने नेत्रविक्रम चनद माओबादीके योजना रहेको भएपनि आइतबार अगाडि नै पड्किएपछि आज बम पड्काउने योजना तुहिएको सुरक्षकर्मीको विश्लेशण छ ।

पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु भेटियो । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए ।

ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । यसैबीच, नेत्रविक्रम चन्द (विप्लव) समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ ।

बम पड्किएर आईतबार ४ जनाको निधन भयो, कतिपय घाईते भए पनि आज घोषण गरिएको बन्दमा राजधानीका अधिकाँस पसलहरु खुलेका छन्, सार्वजनिक यातायात ट्याम्पू, माईक्रो, नेपाल यातायात लगायत सूचारु भईरहेका छन् । मानिसहरु आतंकित भएपनि आफ्नो काममा गईरहेको भीड राजधानीका चोकमा देख्न सकिन्छ ।


बागलुङ बजारको कुडुले चोकमा सोमबार बिहान फेला परेकोे शंकास्पद वस्तु । सुर्यखबर