आर्थिक

माछापुछ्रे् बैंकको थप दुई शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौँ । माछापुछ्रे् बैंकले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुछ्रे् बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

 बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १०१ वटा शाखा लगायत १०० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।