पु.समाचार

काँग्रेसले यस्तो बनायो गणतन्त्र दिवशमा गरिने कार्यक्रम

काठमाण्डौ । नेपाली काँग्रेसले गय बर्षको गणतन्त्र दिवशको अवशरमा बिभिन्न कार्यक्रमहरु गी मनाउने निर्णय गरेको छ। नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले सभापति शेररबहादुर देउवा लगायतका नेताहरुको उपस्थितिमा गरिने कार्यक्रम बताएका छन् । कार्यक्रम यस्तो रहेको छः

‘नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले यो वर्षको गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।
कार्यक्रम
१. मिति २०७६ जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने ।
२. २०७६ जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने ।
काठमाण्डौं उपत्यकामा विहान ६ः३० बजे शान्ति बाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै शहरका विभिन्न चोक हुँदै पुनः शान्ति बाटिका कार्यक्रम समापन गरिने । साथै, साँझ ६ः३० बजे शान्ति बाटिका दिप प्रज्ज्वलन गरिने ।
३. मिति २०७६ जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने ।
अन्तरक्रिया कार्यक्रमहरु अनुपम फुडल्याण्ड, बत्तीसपुतली, गौशालामा ठिक १२ः३० बजे शुरु हुनेछ । कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुनेछ ।’