आर्थिक

सिभिल बैंकको शाखा अब सुरुङ्गामा

काठमाडौँ । “समृद्धिको लागिसिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले झापाजिल्लाको सुरुङ्गामाशाखा संचालनमाल्याएको छ । सो शाखाको उद्घाटन कन्काईनगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले गरे ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल,उप मेयर मंजू शर्मा, कन्काई उद्योग वाणीज्य संघका महासचिव तुलसी विमली, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले नेपाललाई समृद्धि तर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे । कन्काईमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि वहाँ लेखुशी व्यक्त गरे ।

सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाका िहतलाई ध्यानमा राखी प्रविधि केन्द्रित सेवालगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीले बताए । सिभिल बैंकको सुरुङ्गा शाखा सहित यस बैंकको कुल शाखा संख्या ७५पुगेकोेपनि बैंकले जनाएको छ ।