विचार/ब्लग

अछामबाट जयन्तीको उपेन्द्र यादवलाई हकार्ने पत्रकार पाण्डेलाई चिठी

पत्रकार ज्यु
नमस्कार !

म एउटी आरआर क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थी भएको हैसियतले यो पत्र लेख्न बाध्य भएकी छु । पत्रकार ज्यु, तपाईले एभिन्युज टेलिभिजनमा उपप्रधानमन्त्री उपेन्द्र यादवसँग लिनुभएको अन्तरवार्ता मैले युट्युवमा राम्रोसँग हेरें । उक्त अन्तरवार्ता देख्दा मलाई एकदम अनौठो लागिरहेको छ । किनभने एउटा पत्रकार भएपछि आफ्नो मर्यादालाई भुल्नु हुदैन भन्ने मैले मेरो पत्रकारिताको प्रारम्भीक अध्ययनमा जानेको कुरा हो ।

पत्रकार ज्यु, उक्त कुराकानी वा अन्तरवार्तामा तपाईले कुनैपनि किसिमको पत्रकारिताको मर्यादापालना गरेको देखिदैन । जस्तै कार्यक्रममा तपाईले कार्यक्रमका पाहुंना उपप्रधानमन्त्री यादवलाई कार्यक्रमको बीचमा नै जानुस् भनेर हकार्नुभएको छ, त्यो अत्यन्तै गलत छ, म पनि एउटा तपाई जस्तै पत्रकार भएको नाताले तपाईलाई केहि कुरा भन्न खोजेकि हुँ । हामी जस्ता हुरमुराइ रहेका अनि पत्रकारिताको क्षेत्रबाट समाजको लागि केहि गरौँ न भन्ने सोच पलाउँदै गरेका पत्रकारहरुले तपाईबाट के सिक्ने ?

पत्रकार ज्यु, तपाईलाई स्वतन्त्र रुपमा कुनैपनि विषयवस्तुमा बोल्न अनि कुरा राख्न पाउने अधिकार छ तर त्यो अधिकारलाई तपाईले सहि सदुपयोग गर्नुभएको छ जस्तो मलाई लाग्दैन । तपाईको बोल्ने तरिका र अन्तरवार्ता लिने तरिका देख्दा आश्चार्य लागेर आउछ ।

पत्रकार ज्यु, तपाई देश र जनताका लागि केहि गर्नुपर्छ भन्ने भावना भएको पत्रकारको हैसियतले सोच्नुस त ? के राजनीतिक दलका नेताहरु जस्तो बन्न खोज्नु भा हो त ? तपाई हामीलाई थाहा भएकै कुरा हो नेपाली राजनीतिक पार्टीका नेताहरुको चारित्रीक विशेषताहरु कस्ता छन् ? तिनीहरु बेकुफ हुन् भन्ने कुरा थहा पाउँदा पाउँदै पनि तपाई आफैँ बेकुफ हुने कार्य गर्नु उचित नहुनुपर्ने हो भन्ने मेरो धारणा छ ?

मलाई लाग्छ उप्रधानमन्त्री ज्यु को भन्दा तपाईको ९९ प्रतिशत गल्ती छ । किनकि तपाई त एउटा नेपाली जनताको अगाडि निष्पक्ष पत्रकार हो नि । तपाई त नियम कानुन जानेको सचेत नागरिकसहितको एउटा पत्रकार हो नि ।

त्यसैले पत्रकार ज्यु, बेकुफसँग लागेर बेकुफ नै बन्न खोज्नु राम्रो हुँदैन । तपाई एउटा इमान्दार र निष्ठावान पत्रकार बन्न सिक्नुस् । कसैको देखा–सिकि गरेर कुनैपनि कार्य नगर्नुहोस । त्यो तपाईका लागि सुहाउने कुरा होईन । आफ्नो ज्ञान र क्षमता अनुसारको काम गर्नु समाज र स्वयम् तपाईका लागि पनि असल कार्य हुनेछ ।

पत्रकार ज्यु, कुनैपनि काम गर्नु भन्दा पहिले त्यसको बारेमा राम्रोसँग जानकारी र अध्ययन गरेर मात्रै गर्नुभयो भने अवस्य पनि तपाई चाँडै नेपाली जनताको माझमा असल पत्रकारको रुपमा परिचित हुन सक्नुहुन्छ, सुधारिनुस ।

पत्रकार ज्यु, म पनि सबै कुरामा दक्ष भएर यो पत्र लेखेको चाहि अवस्य होइन । मैले मेरा मनमा लागेका कुराहरु पोख्ने प्रयास मात्र गरे कि हुँ । तर यसलाई गलत अर्थ लागाएर केहि नसोच्नु होला ! धन्यवाद

-अन्तरवार्ता लिँदैगरेको अवस्था