राजनीति

ओली सरकारको भ्रष्टाचार/नागरिकता बिधेयक बिरुद्धमा संसदमा सशक्त हुन नसक्नु काँग्रेसका लागि दुर्भाग्यः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले काण्डै काण्ड घटाएको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मिडिया बिधेयक ल्याएर लोकतन्त्र समाप्त पार्ने खेलमा लाग्नु गलत भएको बताएका छन् । नेता गुरुङले लोकतन्त्र समाप्त पार्ने खेलमा लागेर दुईतिहँई मतको सरकार डिँड्दापनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका खेलेर सरकारको गलत कार्यको बिरोधमा उत्रन नसक्नु त्यो भन्दा पनि ठूलो दुर्भाग्य भएको बताएका छन् ।

नेता गुरुङले स्याङजाको एक कार्यक्रममा ओली सरकारसंग रुष्ट हुंदै काँग्रेस नेतृत्वका गतिबिधि समेत चित्तबुझ्दो नभएकोका कार्यकर्ताहरुसँग आक्रोस पोखेका हुन् ।

कार्यक्रममा बोल्दै नेता गुरुङ भन्छन्, ‘एकातर्फ सरकारले भ्रष्टाचारका काण्डै काण्ड घटाउनुका साथै सरकारले राष्ट्रघाती नागरिकता विधेयक र स्वतन्त्र प्रेस बिरोधि मिडिया काउनसिल विधेयक ल्याएको छ। अर्कोतर्फ यि विषयमा हामी प्रतिपक्ष कांग्रेसले संसदमा शशक्त प्रतिवाद गर्न नसक्नु दुर्भाग्य हो’