सामाजिक सञ्जाल

गगनले गरे मानिसको जीवन बचाउ अभियानको उद्घाटन, एकैदिनमा १८० लाभान्भित

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले १८० जना महिला दिदीबहिनीहरूका लागि निशुल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षणको शुभारम्भ गरेका छन् । प्रदेश नम्बर ३ की प्रमुख समेत रहेकी माईती नेपालकी अध्यक्ष अनुराधा कोईराला समेतको सहभागीतामा आज उक्त कार्यक्रमको शुरुवात भएको र कार्यक्रम आज पहिलो भएको तथा जारी रहने आश्वासन दिएका छन् । उक्त कार्यक्रम पश्चात नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्ः

‘आज बाट हामीले ूजीवन बचाउ अभियानू प्रारम्भ गरेका छौं। यस अभियान अन्तर्गत आज भएको पहिलो Cancer Screening शिविरमा का.म.पा ३० मैतीदेवी क्षेत्रका करिब १८० जना महिला दिदीबहिनीहरू प्रत्यक्ष लाभान्वित हुनुभएको छ। प्रदेश ३ प्रमुख माननीय अनुराधा कोइरालाज्यू बाट शुभारम्भ भएको यस अभियानको पहिलो शिविरमा हामीले १४ जना दिदीबहिनीमा केही समस्या पायौँ । अब हामी यतिमै रोकिदैनौं,समस्या देखिएका दिदीबहिनीलाई समस्या समाधान नभए सम्म हाम्रो साथ रहनेछ।’