आर्थिक

प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

काठमाडौँ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंक लि. ले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा आजदेखि प्रभु बैंकको चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा आएको छ । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीबाट एक समारोहका विच बैंकको चन्द्रौटा शाखा कार्यालय समुद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतीक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि ,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको चन्द्रौटा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने छ भन्ने बैंकले विश्वास लिएको छ ।