आर्थिक

सिभिल बैंकको शाखा अब अर्जूनधारामा

काठमाडौँ । “समृद्धिको लागिसिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरे । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरद्वारा “अपाङ्गबाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाको स्कुल पोशाकको लागि बैंकको तर्फबाट प्रदान गरीएको नगद सहयोग पनि हस्तान्तरण गरीयो ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगर, सिभिल बैंकका प्रमुखमाईक्रो बैकिंग यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकीलगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्व, उद्योगी,व्यवसायी,गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुनन सक्ने कुरा प्रस्ट्रे । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा बताए । अर्जूनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि वहाँले खुशी व्यक्त गरे ।

सिभिल बैंककाप्रमुखमाईक्रो बैकिंगयूवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसायअभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले बताए । सिभिल बैंकको अर्जूनधारा शाखासहित यस बैंकको कुलशाखा संख्या ७४ पुगेकोेपनि बैंकले जनाएको छ ।