आर्थिक

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य

काठमाडोँ । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त हुनु भएको छ । त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका बज्राचार्यले यस विकास बैंकमा नियुत्त हुनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।

उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा करीब १८ वर्षको अनुभव रहेको छ ।  मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।