अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा मोदीलाई वधाई

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
लोकसभा निर्वाचनमा उहाँको पार्टीले अत्याधिक बहुमत ल्याएकोमा बधाई दिदै खानले दक्षिण एसियाको शान्ति, संबृद्धि र प्रगतिका लागि सहकार्य गर्ने प्रतिक्षामा रहेको उल्लेख गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले बिहीबार नै आफ्नो पार्टी विजयी भएको दावी गरिसक्नु भएको छ भने विपक्षी पार्टी काँग्रेसका अध्यक्ष राहुल गान्धीले पनि आफ्नो पार्टी पराजित भएको स्वीकार गर्दै मोदीलाई बधाई दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमा लेख्नु भएको छ, “भाजपा र त्यसको गठबन्धन विजयी भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई छ, दक्षिण एसियाको शान्ति, संमृद्धि र प्रगतिका लागि सहकार्य गर्न चाहन्छौँ ।”
प्रधानमन्त्री खानले यसअघि पनि मोदीको पार्टीले नै धेरै ठाउँमा जित हासिल गर्न सक्ने र उहाँसँग मिलेर आफुले काश्मिर समस्या समाधान गर्न सक्ने बताएका थिए ।