बाग्मती

मयुरले गर्यो ट्रापिक प्रहरीसँगको समन्वयमा सडक सुरक्षा सचेतना कार्यक्रम

काठमाण्डौ । मयुर नेपालदारा महेन्द्र राष्ट्रिय माध्यामिक विद्यालय वालुवाटारमा आयोजित सडक सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
ऊक्त विद्यालयका कक्षा ५, ६ र ७ का विद्यार्थीहरुमा जापनीज टोलिहरु पनि उपस्थित भई कार्यक्रमलाई अगाडि बढाउन हौसला प्रदान गरेको मयुर नेपालकी कोषाध्यक्ष संगीता घिमिरेले बताईन् । विद्यालयका बिधार्थीका साथमा ऊक्त बिद्यालयका शिक्षकहरुले समेत सहभागीता जनाए र ट्राफिक प्रहरी र मयुर नेपाल अध्यक्ष र कोषाध्यक्ष क्रमसः प्रमिला रिमाल र संगीता घिमिरेले बालबालिकालाई सडक सुरक्षा के हो? दुर्घटना कसरी घट्छ र दुर्घटना कम गर्न के गर्न सक्छौ ? भन्ने जस्ता बिषयमा जानकारी मुलक कुरा ट्राफिक सम्बन्धि भिडियो र नाटकहरु देखाएर जति सक्दो बुझाएका थिए ।

कार्यक्रमलाई अझ सफल बनाउनको लागि सृजना अधिकारी, माया चौधरि, ईन्दु बस्नेत र रेश्मा बस्नेत लगायतले स्वयम् सेवकको रुपमा खटिएका थिए । सवै जनाको सकृयता हौसलाका साथै सहयोग गरि कार्यक्रम सफल गर्न सहयोग गरेको अध्यक्ष रिमालले बताईन् । ‘खाने मुखलाई जुङ्गाले छेक्दैन’ भने जस्तै मनमा आँट र जोस भयो भने जे गर्न पनि सकिन्छ भन्ने कुरालाई आत्मासत गरेर समाजसेवा गर्ने उद्येश्यले काम शूरु गरेको पध्मकन्या कयाम्पसमा अध्ययनरत रिमाल र घिमिरेले बताएका थिए ।

सडक सुरक्षा सम्बन्धी जानकारी दिन ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले इन्स्पेक्टरको नेतृत्वमा प्रोजेक्टरसहितको टोलि खटाएको थियो ।

सडक सचेतना कार्यक्रम ध्यान दिएर सुनिरहेका बिद्यार्थीहरुसँग तस्विर खिचाउदै