समाचार

निधि कार्यबाहक सभापति

काठमाण्डौ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति बिमलेन्द्र निधिलाई कार्यबाहक सभापतिमा नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा विदेश प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् ।