राजनीति

आफ्ना कमीकमजोरी र व्यक्तिवादी सोच हटाइ पार्टी बलियो बनाउनुपर्छ – वरिष्ठ नेता पौडेल

काठमाण्डौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना कमीकमजोरी र व्यक्तिवादी सोच हटाइ पार्टी बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।

कार्यकर्ता भेटघाटका क्रममा सुदूरपश्चिमका विभिन्न जिल्ला हुँदै आज डडेल्धुरा आइपुगेका वरिष्ठ नेता पौडेलले काङ्ग्रेस विभिन्न कारणले समस्यामा परेकाले त्यसबाट पार्टीलाई मुक्त गर्नुपर्ने उनको भनाइ थियो ।

आन्तरिक मतभेद र कार्यकर्ताको उचित मूल्याङ्कन नहुँदा सबै तहका चुनावमा हार व्योहार्नु परेकाले अब सबैले सुधार गरेर अघि बढ्नुपर्ने नेताहरुले सो अवसरमा माग गरे । नेता पौडेल र पार्टी सभापति शेरबहादुर देउवाले मतभेद हटाई पार्टी एकढिक्का बनाएर जानुपर्ने डडेलधुरा र सुदूरपश्चिमका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले जोड दिएका थिए । पार्टी बलियो बनाउन सभापति देउवा र वरिष्ठ नेता पौडेल एकै गाडीमा कार्यक्रमस्थल पुगी सम्बोधन गरे मात्रै मिलेको आभास हुने डडेल्धुरा काङ्ग्रेसका सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए ।