मनोरञ्जन

गायक स्वरुप राज आचार्यको ‘प्रतिज्ञा प्रेमको’ (भिडियो सहित)

काठमाण्डौ । सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत  “प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ ।

अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन । दुनियाँले मायाको बाटोमा फाटो बनाउन खोजेपनी प्रेम सधै सफल हुने कुरा लाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।

मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ” प्रतिज्ञा प्रेमको” गीतको भिडियोमा अप्सना थापा र सुमन परियारको लोभलाग्दो अभिनय रहेको छ ।