पु.समाचार

सभापति देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएका छन्।

नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति देउवाले व्यक्त गरेका छन् ।