समाचार

दलित सङ्घको महाधिवेशन असारमा

काठमाण्डौ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको पाँचौँ महाधिवेशन आगामी असार २५ देखि २७ गतेसम्म रुपन्देहीमा हुने भएको छ ।
सङ्घको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसअघि तोकिएको महाधिवेशनको मितिमा हेरफेर गरी सो निर्णय गरेको सचिव दीपक सोनीले जानकारी दिए । बैठकले नेपाल दलित विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई पुनर्गठन गरी नेपाल विद्यार्थी सङ्घको विधानबमोजिम राजु सुनारको अध्यक्षतामा ३५ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गरेको छ ।